Wednesday, February 21Nepal News Portal
Shadow

खस्कदो अर्थतन्त्र सुधारको जिम्मा डा.प्रकाशशरण महतलाई


काठमाडौं । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नुवाकोटबाट निर्वाचन हारेका डा. महतलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएका थिए ।

त्यो बेला कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको विरोध भए पनि गिरिजाप्रसाद कोइरालाले डा. रामशरण महतलाई योजना आयोगको उपाध्यक्ष बनाएका थिए ।

डा. रामशरण महत हालसम्मकै बढी अर्थमन्त्री बन्ने नेतामा पर्छन् ।

हाल देशको अर्थतन्त्र समस्यामा छ । पार्टीभित्र आफ्नै समूहको विरोधका बाबजुद कांग्रेस सभापति शेरबहादुर देउवाले डा. प्रकाशशरण महतलाई पुष्पकमल दाहाल प्रचण्ड सरकारमा अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् ।

डा. प्रकाशरण महत मन्त्री भएर सिंहदरबारको यात्रा प्रवेश गरेको यो चौथो पटक हो । यसअघि परराष्ट्र, ऊर्जा तथा परराष्ट्रराज्य मन्त्री बनिसकेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा पहिलो नम्बरमा समानुपातिक सांसद बनेका उनी अहिलेसम्म समानुपातिकतर्फमात्रै सांसद भएका छन् ।

महामन्त्रीमा पराजित डा. महत अहिले कांग्रेसको प्रवक्तासमेत हुन् । अर्थतन्त्र समस्या परेको बेला यो बारेमा बुझेको नेताको खाचो हो ।
देउवा गुटभित्र अर्थशास्त्र बुझेको र पढेको व्यक्तिमा नै प्रकाशशरण महत चिनिन्छन् ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा अमेरिकाबाट अर्थशास्त्रमा नै पीएचडी गरेका छन् तर उनले अहिलेसम्म निजी क्षेत्रलाई आश्वस्त पार्न भने सकेका छैनन् ।

अहिले अर्थतन्त्रमा निकै ठूलो समस्या भएकाले अर्थशास्त्र नपढेको र नबुझेको व्यक्तिले समेत अर्थतन्त्रमा भएको समस्याको बारेमा प्रत्यक्ष महसुस गर्न सक्ने अवस्था छ । सामान्य पसलदेखि कर्पोरेट हाउससम्मको व्यापार अहिले चौपट छ ।

अर्थमन्त्री डा. प्रकाशरण महतको लागि राजनीतिमा केही गरेर देखाउने अवसर अहिले आएको छ । अर्थतन्त्रमा अहिले पहिलो समस्या व्यापार व्यवसाय तथा उद्यम गर्नेको लागि विश्वास जगाउने काम हो ।

जसको पहिलो सुरुवात सेयर बजारबाट नै हुन्छ । जुन सेयर बजार प्रकाशशरण महत मन्त्री बन्दा खासै उत्साहित भएको छैन ।

कोभिड अगाडिदेखि नै अर्थतन्त्रमा समस्या थियो । कोभिडको समयमा राष्ट्र बैंकले दिएको सहुलियतले व्यवसायमा देखिने गरेर प्रभाव परेन ।

चालु खर्चको दायित्व थप्दा घाटाको बजेट बढ्दो क्रममा छ । सुरुवातमा अर्थमन्त्री महतले लगानीकर्तालाई विश्वास बढाएर अर्थतन्त्रमा सुधारको नीति लिनुपर्ने छ ।

सुधारको नीति र विश्वासको वातावरण बनाउने पहिलो दायित्त्व अर्थमन्त्री डा. महतमा आवश्यक देखिन्छ ।

Total Page Visits: 166 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्