काठमाडौं । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आर्थिक संकटबाट गुज्रिएको उद्योग र व्यापारिक क्षेत्रलाई माथि उठाउने बताएका छन् ।
‘उद्योग, वाणिज्य र आपूर्तिका क्षेत्रमा आर्थिक संकटका कारण समस्याहरु छन्,’ मन्त्री रिजालले भने, ‘यसलाई मेरो पालामा समाधान गर्छु । उद्योग र व्यापारिक क्षेत्रलाई संकटबाट माथि उठाउँछु ।’
विश्वको मञ्चमा तीब्र आर्थिक विकास गरिरहेका नेपालका दुई छिमेकी मुलुक भारत र चीनको आर्थिक समृद्धिबाट नेपाललाई लाभ हुनेगरी पहल गर्ने पनि उनले बताए ।
दुई ठूला मुलुकहरुबाट लाभ लिन सक्नेगरी नेपालमा लगानी भित्र्याउन पनि मैले पहल गर्नेछु,’ मन्त्री रिजालले भने, ‘यसका लागि प्रधानमन्त्रीलाई पनि विश्वासमा लिनेछु ।’
मन्त्रालयमा आफूले धेरै कुरा सिक्न बाँकी रहेको भन्दै उनले कर्मचारी र सम्पूर्ण संस्थान तथा कार्यालयहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरेको पनि उनले बताए ।