Friday, October 11Nepal News Portal
Shadow

देशमा भूमिहीनका लागि भूमिव्यवस्थापन गर्ने काम मेरो पहिलो प्राथमिकता रहनेछः मन्त्री श्रेष्ठ


काठमाडौं । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठले भूमिहीन नागरिकको व्यवस्थापन आफ्नो पहिलो प्रथमिकता रहने बताइन । पदबहाली गर्दै उनले मन्त्रालयको आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थापनका लागि समिति बनाएर काम गर्ने निर्णयमा हस्ताक्षर गरेकी हुन् ।
मन्त्री श्रेष्ठले भनिन, “देशमा भूमिहीनका लागि भूमिव्यवस्थापन गर्ने काम मेरो पहिलो प्राथमिकता रहनेछ ।”

उनले पार्टीका मागप्रति वर्तमान सरकार सकारात्मक रहेकाले आफू सरकारमा सहभागी भएको स्पष्ट गरिन । “यो गठबन्धनबाट हाम्रो माग सम्बोधन हुने सतप्रतिशत विश्वस्त भएपश्चात यहाँसम्म आउने बाटो रोजेका हौँ”, उनले भनिन । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहनुभएकी श्रेष्ठ गत मङ्सिर ४ गतेको निर्वाचनमा कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिएन ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्