Friday, February 16Nepal News Portal
Shadow

उद्योग वाणिज्य महासंघ गण्डकीको निर्णय वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठलाई समर्थन गर्ने


काठमाडौं । यही चैत २८ र २९ गते आयोजना हुने एफएनसीसीआईको आसन्न ५७औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरिरहेको छ। पोखरा-नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अञ्जन श्रेष्ठलाई जिताउन एफएनसीसीआई गण्डकी प्रदेशले सर्वसम्मतरुपमा समर्थन गर्ने निर्णय गरेको हो।

पोखरा उद्योग वाणिज्य संघको प्रस्तावमा शनिबार पोखरामा बसेको प्रदेश समितिको बैठकले वरिष्ठ उपाध्यक्ष उम्मेदवार श्रेष्ठसहित प्रदेशबाट कार्यसमितिमा उम्मेदवारी दिने सम्पूर्ण उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने सर्वसम्मत निर्णय गरेको हो।

प्रदेश महासंघका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतमा बसेको पहिलो बैठकबाट उक्त निर्णय गरेको हो। बैठकमा गण्डकी प्रदेश समितिका सम्पूर्ण सदस्यहरु, पोखरा उद्योग वाणिज्य संघका साथै लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही जिल्ला नगरका अध्यक्षहरुको सहभागिता रहेको थियो।।

‘गण्डकी प्रदेशका उद्योगी साथीहरुले मलाई सर्वसम्मत उम्मेदवार बनाउनु भएकोमा धन्यवाद दिन्छु, श्रेष्ठले भने, उहाँहरुको भावनालाई कदर गरेर आगामी दिनमा उद्योगी व्यवसायीहरुले भोगिरहेका समस्या समाधान गर्न निरन्तर पहल गरिरहनेछु।’

यही चैत २८ र २९ गते आयोजना हुने एफएनसीसीआईको आसन्न ५७औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ।

Total Page Visits: 126 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्