काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडितहरूसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने बताएका छन् ।
आइतबार स्वास्थ्य परीक्षणपछि आ–आफ्नो घर फर्किन लागेका मिटरब्याज पीडितहरूलाई भेट्न पुगेका गृहमन्त्री श्रेष्ठले सरकारले गरेको सम्झौता कार्यान्वयन हुने बताएका हुन् ।
सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले पीडितहरू सरकारसँग गरेको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त भएर फर्किन लागेको बताएका छन् ।
उहाँहरूसँग वार्ता भएर हामीले सहमति गरिसकेका छौँ । अब घर फर्किंने तयारीमा हुनुहुन्छ, उनले भने, सरकार सहमतिप्रति गम्भीर छ । सहमतिको कार्यान्वयन हुन्छ । समस्या समाधानका लागि आयोग बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसकेको छ । आवश्यक निर्णय गरेर प्रक्रिया अगााडि बढ्छ ।