Saturday, February 24Nepal News Portal
Shadow

पाइलट बिरामी भएपछि नेपाल एयरलाइन्सको उडान रद्द


काठमाडौं । पाइलटको स्वास्थ्यमा समस्या आएपछि नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान रद्द भएको छ ।

शनिबार राति ११ बजेको एयरलाइन्सको आरए २३० को विमान उडान रद्द भएको हो । काठमाडौंबाट राति ११ बजे उड्नु पर्ने उक्त विमानको पाइलट बिरामी भएपछि उडान रद्द भएको थियो ।

“पाइलट बिरामी भएपछि शनिबार राति ११ बजेको उडान हुन सकेन । अहिले उड्न तयारी भइरहेको छ” निगमका प्रवक्ता अर्चना खड्काले भनिन्, उडान उद्द भएपछि नेपाल र दुबईमा गरी ५४० यात्रु अलपत्रमा परेका छन् ।

यस्तै, दुबईमा पनि बराबरको यात्रु रहेको थिए । उनीहरूलाई पनि होटेलमा राखिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

Total Page Visits: 111 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्