काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक २० अंकले घटेको छ। यस दिन नेप्से १.०५ %ले घटेर १८८८.५५ बिन्दुमा बन्द भएको छ।
आइतबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन ८९ करोड ९५ लाख ३२ हजार १३९ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम बढेर यस दिन १ अर्ब २० करोड ७१ लाख २२ हजार ६०० रुपैयाँ पुगेको छ।
यस दिन २६० वटा धितोपत्रको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर किनबेच भएको हो।
आइतबार कालिन्चोक दर्शनको सेयरमूल्य सर्वाधिक ९.९६ %ले बढेको छ।
यसदिन उक्त कम्पनीको सेयरमूल्य २१३ रुपैयाँ १० पैसा पुगेको छ।
यस्तै, सिटिजन्स म्युचुअल फण्ड–१ को इकाइ मूल्य ६।१० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८ रुपैयाँ पुगेको छ।
यसैगरी, यसदिन स्वावलम्बन लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.६१ %ले घटेको छ।
उक्त कम्पनीको सेयरमूल्य ८९९ रुपैयाँ ४० पैसा पुगेको छ।
यस्तै, ८.५ प्रभु बैंक डिवेञ्चर २०८७ को सेयरमूल्य ९.६० %ले घटेर प्रतिकित्ता मूल्य ९०४ रुपैयाँमा झरेको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र घटेको हो।
यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक २.५८ %ले घटेको छ।
आइतबार एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ६९२ रुपैयाँमा ५ करोड ५ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.१७ %ले बढेको हो।