काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार तोलामा ६०० ले घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला ६०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा २० रुपैयाँ घटेको छ ।