Friday, October 11Nepal News Portal
Shadow

सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दै दोल्ती पावर


काठमाडौं । दोल्ती पावर कम्पनीले चैत २८ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका आइपिओ निष्कासन गरेपछि अब सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० % अर्थात एक करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख ७२ हजार ९७२ कित्ता आइपिओ सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो।

जसमध्ये एक लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ६८ हजार १७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिन्छ।

कम्पनीको आइपीओमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सकिन्छ। उक्त अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि वैशाख १२ गतेसम्म लम्बिनेछ।

कम्पनीलाई इक्रा नेपालले इक्राएनपी आइआर डबल बी रेटिङु प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीबाट पनि आवेदन दिन सक्नेछन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्