Thursday, February 29Nepal News Portal
Shadow

नेसनल लाइफ इन्स्योरेन्सले गर्यो नयाँ बोनसदर सार्वजनिक


काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । आव २०७८/७९ को बिमांकीय प्रतिवेदन नेपाल बिमा प्राधिकरणबाट स्वीकृति भएपछि नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले विभिन्न बिमा योजनामा बोनसदर प्रतिहजार बिमांक ६३ रुपैयाँदेखि ८५ रुपैयाँ निर्धारण गरेको छ । सावधिक जीवन बिमा योजनामा नौ वर्ष अवधिका लागि प्रतिहजार ६४ रुपैयाँ, १० देखि १४ र १५ देखि २० वर्ष अवधिका लागि प्रतिहजार ६४, २१ देखि २५ वर्षसम्मका लागि प्रतिहजार ७० र २६ वा सोभन्दा माथिका लागि प्रतिहजार ८५ रुपैयाँ तोकेको छ ।

यस्तै, सावधिक तथा आजीवन बिमालेखअन्तर्गत नौदेखि २० वर्ष अवधिसम्मका लागि प्रतिहजार ६४ रुपैयाँ, २१ देखि २५ वर्षसम्मका लागि प्रतिहजार ७०, २६ देखि २९ वर्षसम्मका लागि प्रतिहजार ८५ र ३० वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ८५ रुपैयाँ छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बिमालेख योजनामा नौ वर्ष अवधिका लागि प्रतिहजार ६३ रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि प्रतिहजार ६३, १५ देखि १९ वर्षसम्मका लागि प्रतिहजार ६४ र २० र सोभन्दा माथिका लागि प्रतिहजार ६४ रुपैयाँको दरले बोनसदर तोकिएको छ ।

Total Page Visits: 110 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्