काठमाडौं । हिमालयन बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट जारी सूचनाअन्तर्गत यही चैत ६ देखि १२ गतेसम्म ‘ग्लोबल मनी विक–२०७९’ का रूपमा मनाएको छ ।
उक्त अवधिभर बैंकले देशका सातै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सफलताका साथ सम्पन्न गरेको हो । कार्यक्रम बैंकको प्रादेशिक कार्यालय र ती प्रदेशभित्रका बैंकका २४ शाखा कार्यालयहरूले प्रादेशिक कार्यालयको समन्वयमा आयोजना गरेका थिए ।
बैंकको यो कार्यक्रमम विभिन्न कलेजका विद्यार्थी, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, व्यवसायी, बैंकका ग्राहकसहित स्थानीय बासिन्दा सहभागी थिए । बैंकिङबारे ज्ञानवद्र्धक विषयमा छलफल गर्दै कार्यक्रम सम्पन्न गरिएको बैंकले जानकारी दिएको छ ।