काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक रहेको बताएका छन् ।
शुक्रबार (आज) काठमाडौंमा भएको राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधारणसभामा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन् ।
उनले अझै पनि विज्ञापन व्यवसायीहरूको दायराभन्दा बाहिर विज्ञापनको क्षेत्र रहेको भन्दै व्यवसायीहरूको दायरामा ल्याउन आवश्यक रहेको बताए ।
सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउनको लागि राष्ट्रिय नीति ल्याउन लागेको छ, उनले भने, सरकारले ल्याउने राष्ट्रिय नीतिमा विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउन सहयोग गर्छौ । विज्ञापनको धेरै क्षेत्र विज्ञापन संघको दायरा भन्दा बाहिर रहेको छ । त्यसलाई दायरामा ल्याउन पहल गर्नेछु ।
उनले नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट सामानहरू बेच्ने गरेपनि विज्ञापन आउन नसकेको बताएका छन् ।