Friday, October 11Nepal News Portal
Shadow

वरिष्ठ उपाध्यक्षले ५० % भन्दा बढी मत नल्याए भोलिपल्टै चुनाव हुन्


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेद्वारले ५० % भन्दा बढी मत नपाए भोलिपल्टै चैत ३० गते निर्वाचन हुने भएको छ।

महासंघको निर्वाचन समितिले प्रकासित गरेको सुचनामा कुनै पनि वरिष्ठ उपाध्यक्षका उम्मेद्वारले ५० % भन्दा बढी मत नपाए चैत ३० गते विहान ११ बजेदेखि मतदान सुरु हुने उल्लेख छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा चैत २९ गते पहिलो चरणको निर्वाचन हुनेछ।

महासंघको ५७औं साधारणसभामा वरिष्ठ उपाध्यक्षमा ३ जना उम्मेद्वार छन्। वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघई र उमेशलाल श्रेष्ठले प्यानलनै बनाएर निर्वाचनमा होमिएका छन्। यी तीनै जना उम्मेद्वारले ५० % मत पाउने सम्भावना कम देखिएको छ।

तर तीनै जना उम्मेद्वारले पहिलो चरणमै जीत हात पार्न रणनीतिक रुपमा काम गर्दै आएका छन्। दोस्रो चरणमा जाँदा चुनाव झनै टफ हुने र खर्चिलो पनि बन्ने भन्दै पहिलो चरणमै पार लगाउन चाहिरहेका छन्। ३ वटा प्यानल बनाएकाले जिल्लानगर, वस्तुगत र एशोसिएटमा तीनै जना उम्मेद्वारले पूरै प्यानल भने तयार गर्न सकेका छैनन्।

अन्जन र उमेशलालले भरतराज आचार्यलाई साझा उम्मेद्वार बनाएका छन्। यी दुबै प्यानलका उम्मेद्वार एशोसिएटमा आधाआधा छन्। वस्तुगतमा अन्जनले मनिषलाल प्रधान र उमेशलालले हेमराज ढकाललाई उपाध्यक्षको नेतृत्वमा आफ्ना उम्मेद्वार तयार पारेका छन्। तर संघईको प्यानलबाट बस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन छन्। तर उनले उम्मेद्वार तयार पार्न सकेका छैनन्।

निर्वाचनमा मोबाइल निषेध

निर्वाचन समितिले मतदान गर्न जाँदा मोबाइल लैजान निषेध गरेको छ। समितिले मोबाइलवाहेक क्यामरा, लाइटर लगायतका प्रज्वलनशील वस्तु लैजान रोक लगाएको छ। मतदान गर्न जाँदा आफन्त वा सुरक्षाकर्मीलाई बुझाउन समेत अनुरोध गरिएको छ। समितिले जिल्लानगर र वस्तुगतका लागि मतदान केन्द्र १ र एशोसिएटका लागि मतदान केन्द्र ३ तोकेको छ।

समितिले जिल्लानगर समूका सबै दपका लागि रातो, वस्तुगत समूहका सबै पदका लागि निलो र एशोसिएटको सबै पदका लागि सेतो रंगको मतपत्र निर्धारण गरेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्