Tuesday, February 20Nepal News Portal
Shadow

२८.३१ अंकले घट्यो नेप्से


काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १.५२ %ले घटेको छ । नेप्से २८.३१ अंकले घटेर १८३८.४८ को विन्दुमा झरेको छ ।

यस दिन २६८ कम्पनीका ३८ लाख ३० हजार २७७ कित्ता सेयर एक अर्ब १५ करोड ४८ लाख ९८ हजार २११ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि १.२० %ले घटेर ३४८.७९ को विन्दुमा कायम भएको छ ।

१३ वटै उपसमूहको समूहगत परिसूचक ओरालो लागेको छ । जीवन बिमा समूहको समूहगत सूचक सर्वाधिक १.९२ %ले घटेको छ ।

आइतबार कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.९७ %ले बढेको छ ।

१०.२५ % माछापुच्छ्रे बैंक डिभेन्चर २०८५ को सेयर मूल्य सर्वाधिक ७.७५ %ले घटेर प्रतिकित्ता १,०१५.८० रुपैयाँ कायम भएको छ ।

Total Page Visits: 119 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्