Friday, October 11Nepal News Portal
Shadow

एनआईसी एशियाका बैंकका ग्राहकहरुले बर्फी स्वीट्समा १० % छुट पाउने


काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले काठमाडौंको न्यूरोडमा रहेको केसर स्वीट्स अन्तर्गतको बर्फी स्वीट्समा विभिन्न मिठाईहरु खरिद गर्दा १० % छुट पाउने भएका छन् ।

सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र बर्फी स्वीट्सको तर्फबाट सह–संस्थापक प्रिया तयालले हस्ताक्षर गरेका हुन् । उक्त समझदारी अनुसार यस बैंकमा खाता सञ्चालन गर्नुभई मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहक महानुभावहरू एवं बैंकका कर्मचारीहरूले बर्फी स्वीट्समा विभिन्न मिठाईका परिकारहरु खरिद गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्नेछन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्