Wednesday, October 16Nepal News Portal
Shadow

अर्थमन्त्री महत भन्छन्ः अर्थतन्त्र सुधारका लागि कुनै कसर बाँकी राख्ने छैन


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

सोमबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सको ७२औँ वार्षिक साधारणसभामा उनले पछिल्लो समय अर्थतन्त्रमा केही समस्या आएको बताएका छन् । तर, बजारमा निर्माण गरिएको भाष्यजस्तो पूरै नकारात्मक नरहेको उनको भनाइ छ ।

“पछिल्लो समय लगानीयोग्य वातावरण नहुँदा र लक्ष्यानुसार राजस्व संकलन नहुँदा अर्थतन्त्रमा केही समस्या आएको छ,” अर्थमन्त्री डा. महतले भने, “मैले अर्थतन्त्र सुधारको लागि कुनै पनि कसर बाकी राख्ने छैन ।”

उनले बैंकको ब्याजदरका विषयमा नेपाल राष्ट्र बैंकसँग समन्वय गरेर समस्याको समाधान गर्ने बताए । पुँजीगत खर्च बढाउन पनि पहल गर्ने डा। महतले बताए ।

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्र, कर्मचारीलगायत सबैको सहयोग आवश्यक रहेको भन्दै उनले सरकार सबैसँग समन्वय गर्न तयार रहेको बताए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्