Thursday, February 29Nepal News Portal
Shadow

देशको अर्थतन्त्र सुधार्न निजी क्षेत्रसँग मिलेर जानुको विकल्प छैनः उद्योग मन्त्री रिजाल


काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशको आर्थिक अवस्थालाई सदृढ बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

उनले नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा बोल्दै उनले देशको आर्थिक अवस्था राम्रो नभएकाले यसलाई राम्रो बनाउने काम उद्योग, व्यवसायीहरुको रहेको बताएका छन् ।

उनले भने, ‘यो मुलुकको आर्थिक गतिविधि त्यति साह्रो राम्रो, गतिलो अवस्थामा छैन । यो गतिलो बनाउने काम उद्योग, व्यवसायी साथीहरुको हो । तपाईंहरूको भूमिका महत्वपूर्ण छ, यो मुलुकलाई समृद्धितिर लैजाने काम तपाईं हामी सबै मिलेर गर्नुपर्छ ।’

Total Page Visits: 93 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्