Wednesday, February 21Nepal News Portal
Shadow

दराजबाट सामान किन्दा ग्लोबल आईएमई बैंकका ग्राहकले १० % छुट पाउने


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको उपलक्ष्यमा दराजबाट सामान किन्दा १० %सम्म छुट दिने योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आईएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कूल खरिदको ८ देखि १० %सम्म छुट पाउने बैंकले जनाएको छ ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले ८ % वा ७५० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १० % वा १ हजार रुपैयाँसम्म छुट पाउनेछन् ।

छुट पाउनका लागि प्रयोगकर्ताहरुले दराज एपबाट ग्लोबल आईएमई बैंकको छुट भौचर लिनुपर्नेछ । एकजनाले १ चोटी मात्र छुट पाउनेछन् ।

बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत्र २८ देखि २०८० वैशाख १ गतेसम्म मान्य रहनेछ ।

यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानीलाई प्रवद्र्धन गर्नु हो ।

Total Page Visits: 125 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्