काठमाडौं। उद्योग मन्त्री रमेश रिजालले अर्थतन्त्रको समस्या समाधानका लागि सबै पक्ष मिलेर अगाडि बढ्नु पर्ने बताएका छन्। उनले व्यवसायीको समस्या बुझ्ने काम गरिरहेको बताउँदै हातेमालो गरेर अगाडि बढ्नुपर्ने समयको माग रहेको बताएका छन् ।
उनले व्यवसायीको समस्या धेरै भएको भन्दै ब्याजदरको समस्या समाधान गर्नुपर्ने बताए। उनले प्रधानमन्त्री र अर्थमन्त्रीलाई ब्याजको समस्या समाधानको पहल गर्न आग्रह गरेका छन्।
महासंघको ५७औं वार्षिक साधारणसभाको अवसरमा विशेष अतिथिका रुपमा बोल्दै उनले वन क्षेत्रको समस्यामा समाधान गर्न पनि आग्रह गरे।
उनले भने, ‘ब्याजमा पहल लिनुपर्छ। एउटा मन्त्रालयबाट गएको काम अर्को मन्त्रालयले रोकिदिने देखिएको छ। यसमा समाधान गर्नुपर्छ।’