Friday, October 11Nepal News Portal
Shadow

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा तीनजानाको प्रतिस्पर्धा, मतदान हुँदै


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मतदान हुँदैछ । एक जना वरिष्ठ उपाध्यक्षसहित ५९ पदाधिकारी चुन्न आज विहान ८ बजेदेखि ४ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका लागि मतदान हुँदैछ ।

महासंघको विधान अनुसारअनुसार ६३ पदाधिकारीका लागि निर्वाचन हुने भएपनि कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेका छन् । आज हुने निर्वाचनले एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुन्नेछ ।

सर्वसम्मत चार जना निर्वाचित
सर्वसम्मत निर्वाचन हुनेमा कार्यसमिति सदस्यतर्फ लुम्बिनी प्रदेशबाट जम्शेर मिया छन् भने द्विराष्ट्रिय उद्योग वाणिज्य मंघको तर्फबाट सुनिल के.सी., संस्थापक सदस्यको तर्फबाट भीष्मप्रसाद न्यौपाने र सुदूरपश्चिम प्रदेशको तर्फबाट जंगबहादुर मल्ल रहेका छन् ।

एक जना वरिष्ठ उपाध्यक्षका लागि व्यवसायी उमेशलाल श्रेष्ठ, उपाध्यक्ष अन्जन श्रेष्ठ र उपाध्यक्ष रामचन्द्र संघईले उमेदवारी दिएका छन् । तीन जनामध्ये एक जना महासंघको वरिष्ठ उपाध्यक्ष चुनिने छन् । त्यस्तै उद्योग वाणिज्य, बस्तुगत र एसोसिएटमा गरी तीन जना उपाध्यक्षका लागि आठ जनाले उमेदवारी दिएका छन् ।

महासंघको उद्योग वाणिज्य संघतर्फ उपाध्यक्षमा अरुणराज सुमार्गी, दिनेश श्रेष्ठ र सुरकृष्ण वैद्य प्रतिस्पर्धामा छन् । बस्तुगत समूहतर्फ मनिषलाल प्रधान, सुकुन्तलाल हिराचन र हेमराज ढकाल प्रतिस्पर्धामा छन् । यस्तै, एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठ र भरतराज आचार्य प्रतिस्पर्धामा छन् ।

कहाँबाट कति जना कार्यसमिति सदस्य ?
विधानअनुसार कार्यसमिति सदस्यमा सात प्रदेशबाट सात जना, उद्योग वाणिज्य संघबाट १८ जना, वस्तुगत संघबाट १४ जना, एसोसिएटबाट १९ जना, द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट एक जना र संस्थापक सदस्य समूहबाट एक जना कार्यसमिति सदस्य रहनेछन् । सात प्रदेशमध्ये लुम्बिनी र सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सर्वसम्मत भएका छन् भने संस्थापक सदस्य र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट पनि सर्वसम्मत भएका छन् ।
अब उद्योग वाणिज्य संघतर्फ १८ जनाका लागि ३२ जनाले प्रस्तिस्पर्धा गर्दै छन् भने बस्तुगत संघतर्फ १४ जना कार्यसमिति सदस्यका लागि २८ जनाले प्रस्तिस्पर्धा गर्दैछन् । त्यसैगरी एसोसिएटतर्फ १९ जनाका लागि ३० जनाले प्रस्तिस्पर्धा गर्दैछन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्