काठमाडौं । मःम र कोकलाई सेलेबे्रेट गर्दै कोकाकोला मःम उत्सवको आठौँ संस्करण सम्पन्न भएको छ ।
“कोकंमोमोको स्टोरिज: म्याजिकल मोमोरिज” भन्ने ट्यागलाइनका साथ कोकाकोलाले ८ वर्षदेखि मःम उत्सव आयोजना गर्दै आएको छ । यस वर्ष कोक मोमोरी फेस्ट पोखरा, धरान, काठमाडौं, भरतपुर र भक्तपुर गरी सबै प्रमुख सहरहरूमा आयोजना भएकोे थियो ।
भक्तपुरमा “भक्तपुर कुकिंग” कार्यक्रमको साथ समापन भएकोे कोक मोमोरी फेस्ट भएको थियो । जहाँ ४४ सयभन्दा बढी उपभोक्ताहरूले कुटुम्ब, स्वप्न सुमन, तृष्णा गुरुङ जस्ता लोकप्रिय कलाकारहरुरूको सांगीतिक प्रस्तुतिको आनन्द लिँदै एकैपटक तीनै सहरका उत्कृष्ट मःमका स्वादहरू लिने अवसर पाएका थिए ।
फेब्रुअरी १५ मा सुरु भएको यस अभियानमार्फत कोकाकोलाले नेपालभरका एक हजारभन्दा बढी रेस्टुरेन्ट र भोजनालयहरूसँग सहकार्य गर्दै आफ्ना उपभोक्ताहरूलाई डिस्काउन्ट मूल्यमा विशेष कम्बो अफरहरू प्रदान गरेको थियो ।
देशका मुख्य सहरहरूमा आयोजना भएको यस मोमोरी फेस्टमा आयोजना भएका सबै सहरहरूमा एकदमै उल्लेखनीय सहभागिता रहेको थियो ।
कोकले उपभोक्ताहरूलाई त्यस्ता मोमोरिजहरू सेयर गर्न आह्वान गरेको थियो । तीमध्ये रमाइला मेमोरी सेयर गर्ने उपभोक्तालाई दैनिक दराज भौचरहरू, साप्ताहिक पुरस्कारहरूमा सामसङ ग्यालेक्सी ए०४ई, बम्पर पुरस्कारमा ए०४ई र स्वस्तिमा खड्कासँग डिनर प्रदान गरिएको बताइएको छ ।