Wednesday, February 21Nepal News Portal
Shadow

नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर, यस्ता छन् सुविधाहरु


काठमाडौं । नेपाल टेलिकमले स्प्रिङ अफरको रुपमा विभिन्न अफरहरू ल्याएको छ। कम्पनीले चैत २९ गतेदेखि ३ महिनाको लागि उक्त अफर ल्याएको बताएको हो।

यस अफरमा एफटिटिएच प्याकेजलाई अझ आकर्षक बनाइएको कम्पनीको भनाइ छ।

यस अनुसार डाटा सुविधा मात्र उपलब्ध भएको एफटिटिएच प्याकेज अब वार्षिक ८ हजार रुपैयाँमा उपलब्ध हुनेछ।

पहिले देखि नै एफटिटिएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकलाई भने यो प्याकेज वार्षिक ६ हजार रुपैयाँमा उपलब्ध गराइने छ।

साथै, कम्पनीले १ वर्षे प्याकेज तथा आइपिटिभी कम्बो प्याकेजमा हाल उपलब्ध गराइरहेको २५ एमबिपिएस स्पिडलाई बढाएर ३० एमबिपिएस बनाइएको छ।

त्यसैगरी, एनटिटिभी सहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२ हजार रुपैयाँमा २० एमबिपिएसको इन्टरनेट, ३ हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटिटिभी सेवा उपलब्ध गराइने कम्पनीको भनाइ छ।

यसका साथै विगतका विभिन्न प्रकारका भ्वाइस प्याक, डाटा प्याक, कम्बो प्याक, एसएमएस प्याक, सियुजी प्याक, पोस्टपेड प्याक लगायतका अन्य प्याकलाई निरन्तरता दिइएको छ।

प्याकेजमा प्राप्त दैनिक प्रयोगका लागि उपलब्ध डाटा सेवाको खपत पछि त्यही स्पिडको सेवा प्रयोग गर्नुपरेमा ८१४४२३ डायल गरी सुलभ दरको एड अन प्याक पनि प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५*१# डायल गर्नुपर्ने छ। कम्पनीको ुनेपाल टेलिकमु एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

त्यसैगरी, कम्पनीको वेबसाइट मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ।

Total Page Visits: 125 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्