Tuesday, February 20Nepal News Portal
Shadow

उद्योग वाणिज्य महासंघको निर्वाचनः मतदान समय थपियो


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी चयनका लागि भइरहेको मतदान समयअवधि २ घण्टा थप गरिएको छ । बुधबार बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतादान कार्यक्रम बिहान १० बजे सुरु भएकाले साँझ ६ बजेसम्म समय थप गरिएको हो ।

महासंघमा कूल मतदाता एक हजार ९८८ छन् । जसमा बस्तुगततर्फ १२३ मतदाता छन् । उद्योग वाणिज्यतर्फ ११७ र एसोसिएटतर्फ एक हजार ७४८ मतदाता छन् ।

निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र सात प्रदेशबाट सात, उद्योग वाणिज्य संघबाट १८, बस्तुगत संघबाट १४, एसोसिएटबाट १९, द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट एक र संस्थापक सदस्य समूहबाट एकजना कार्यसमिति सदस्य निर्वाचित हुनेछन् ।

सात प्रदेशमध्ये लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सर्वसम्मत निर्वाचित भइसकेका छन् । संस्थापक सदस्य र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट पनि सर्वसम्मत निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्षका लागि पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, उपाध्यक्ष अन्जन श्रेष्ठ र उपाध्यक्ष रामचन्द्र संघईले प्रतिस्पर्धामा छन् ।

महासंघको उद्योग वाणिज्यतर्फ उपाध्यक्षमा अरुणराज सुमार्गी, दिनेश श्रेष्ठ र सुरकृष्ण वैद्य प्रतिस्पर्धामा छन् । वस्तुगततर्फ मनीषलाल प्रधान, सुकुन्तलाल हिराचन र हेमराज ढकालले दिएका छन् । एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठ र भरतराज आचार्य उमेदवार छन् ।

Total Page Visits: 96 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्