Wednesday, January 15Nepal News Portal
Shadow

उद्योग वाणिज्य महासंघ निर्वाचनः ७० % मत खस्यो


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी चयनका लागि अहिले मतदान भइरहेको छ ।

आज बिहान १० बजे सुरु भएको मतदानमा साढे चार बजेसम्म जिल्ला नगर, वस्तुगत र नगरतर्फ कुल मतमध्ये ७० % खसेको मुख्य निर्वाचन अधिकृत लीलामणी पौडेलले जानकारी दिए ।

उनका अनुसार साँझ ६ बजेसम्म मतदान समय तोकिएको छ । त्यसपछि तीन उपाध्यक्षका उमेदवारसँग छलफल गरी बेलुका ८ बजेबाट मतगणना गरिने पनि उनले बताए ।

पहिलो चरण्मा वस्तुगततर्फका सदस्यबाट मत गन्न सुरु गर्ने उनले जानकारी दिए । महासंघमा कुल एक हजार ९८८ मतदाता छन् । जसमा वस्तुगततर्फ १२३ मतदाता छन् । उद्योग वाणिज्यतर्फ ११७ र एसोसिएटतर्फ एक हजार ७४८ मतदाता छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्