काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स खुलाएको छ ।
बोर्डले यसअघि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने नियमावली संशोधन गरेको थियो । तर, सर्वोच्च अदालतले रोक लगाएपछि लाइसेन्स दिने प्रक्रिया रोकिएको हो ।
सर्वोच्चले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने बाटो खुलाएपछि बोर्डले इच्छुक कम्पनीलाई आवेदन दिन बिहीबार (आज) सार्वजनिक सूचना जारी गरेको छ । सर्वोच्चले रोक लगाउनुअघि नै बोर्डले लाइसेन्स खुलाएको थियो । त्यो बेला सार्वजनिक सूचना जारी गरेको ३५ दिन भएको थियो ।
अहिले बोर्डले १० दिनभित्र आवेदन दिन आग्रह गरेको छ । स्टक ब्रोकरको हकमा भने पुरानो आवेदकबाट लाइसेन्स दिइने बोर्डले जानकारी दिएको छ ।