Tuesday, February 20Nepal News Portal
Shadow

वरिष्ठ उपाध्यक्षको निर्वाचन दोस्रो चरणमा, बाहिरिए संघई


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन दोस्रो चरणमा गएको छ । वरिष्ठ उपाध्यक्ष पदका लागि ३ जना प्रत्यासी थिए ।

त्यसमध्ये अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई कसैले पनि आवश्यक मत ल्याउन नसकेपछि वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणमा निर्वाचन गर्नुपर्ने भएको हो । दोस्रो चरणमा अन्जन र उमेशलालबीच प्रतिस्पर्धा हुनेछ ।

महासंघको निर्वाचनमा जिल्लानगरतर्फ ५० प्रतिशत, एसोसिएटतर्फ ३० र वस्तुगततर्फ २० प्रतिशत मतभार हुने गर्छ । त्यसमध्ये जिल्लातर्फ अन्जनले बढी मत ल्याए ।

एसोसिएटतर्फ रामचन्द्रले बढी मत ल्याएका थिए । वस्तुगततर्फ उमेशलालले बढी मत ल्याए । मतभारतका हिसाबले संघई बाहिरिएका हुन् ।

Total Page Visits: 103 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्