काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ चयन भएका छन् । दोस्रो चरणको निर्वाचनमा उपाध्यक्षका अर्का उमेदवार उमेशलाल श्रेष्ठले अन्जनलाई समर्थन गरेपछि उनी महासंघको वरिष्ठ उपाध्यक्ष चयन भएका हन् ।
निर्वाचन समितिमा उमेशलालले अन्जनलाई छाडन सहमति दिएको पत्र दिएका थिए ।
पहिलो चरणको निर्वाचनमा वरिष्ठ उपाध्यक्षतर्फ कुनै उमेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि आज दोस्रो चरणको चुनाव हुने तय भएको थियो ।