Monday, February 10Nepal News Portal
Shadow

चैत महिनामै बैंकहरूमा ४९ अर्ब निक्षेप थपियो


काठमाडौं । वित्तीय प्रणालीमा निक्षेप लगातार थपिरहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म वित्तीय प्रणालीमा निक्षेप ५४ खर्ब ४९ अर्ब पुगेको छ। चैतमा मात्रै ४९ अर्ब निक्षेप थपिएको हो।

चैत १ गते वित्तीय संस्थाहरुको निक्षेप ५४ खर्ब रहेको थियो। त्यसयता ४९ अर्ब निक्षेप बढेकोे हो। चैत महिनाभरी ऋण लगानी भने १७ अर्ब मात्रै भएको छ।

यता चैत १ मा ४८ खर्ब १२ अर्ब ऋण प्रवाह पुगेकोमा थपिएर ४८ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ। यता सीडी रेसियो पनि ८५.३५ %मा झरेको छ। साउनमा ८८ प्रतिशतसम्म पुगेको सीडी रेसियो अहिले घटेर ८५.३५ %मा आएको छ।

यसले बैंकहरूले ऋण लगानी गर्न सक्ने देखिएको छ। साउनमा ८८.५० % सम्म पुगेको थियो। भने धेरै बैंकहरूलाई नेपाल राष्ट्र बैंकले तोकेको ९० %को सीमा राख्न हम्मे हम्मे परेको थियो। यता अन्तर बैंक ब्याजदर ७ प्रतिशतमा झरेको छ।

गत साउन महिनामा १ खर्ब ८ अर्बले घटेको निक्षेप त्यसयता लगातार बढिरहेको छ। तथ्यांकअनुसार भदौमा ५२ खर्ब, असोजमा ६२ अर्ब, कात्तिकमा १६ अर्ब, मंसिरमा ५७ अर्ब, पुसमा ९५ अर्ब, माघमा २५ अर्ब र फागुनमा ३२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। चैत ४९ अर्ब निक्षेप थपिएको छ।

पछिल्लो तथ्यांक हेर्ने हो भने ब्याजदर पनि घट्दै गएको छ। पछिल्लो समय बैंकहरूको ब्याजदर चर्को भएको भन्दै व्यवसायीहरू सडक आन्दोलन गरिरहेका छन्।

बाहिर चर्चामा आएजस्तो बैंकको ब्याजदर महँगो नभएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए। नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरिसकेका छन्।

संघको बैठकले निक्षेपको ब्याजदर १.०१ %ले घटाउने निर्णय गरेको थियो। केसीका अनुसार निक्षेप बढ्दै गएपछि ब्याजदर स्वतह घट्दै जाने समेत उनको भनाई छ।

बैशाख १ गतेदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ % र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ % कायम गर्ने निर्णय भएको हो। त्यस्तै बचतको ब्याज ५.४ देखि ७.४ % रहने छ। त्यस्तै बैठकले कल डिपोजिटको ब्याजदर २.७ %मा झारेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्