Friday, October 11Nepal News Portal
Shadow

सामसङ ग्यालेक्सीको ए५४ ५जी र ए३४ ५जीको खरिदमा विशेष योजना सुरू


काठमाडौं । सामसङले हालैमात्र बजारमा उपलब्ध गराएको ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५ जीको खरिदमा विशेष योजना सुरू गरेको छ।

यस योजनाको लागि सामसङले नबिल बैंकसँग अप्रिल १२, २०२३ मा एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।

जस अनुसार नबिल बैंकका भिसा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले ग्यालेक्सी ए३४ ५ जी र ग्यालेक्सी ए५४ ५जी खरिद गर्दा २ हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन्।

२ वटै मोडलहरूमा आश्चर्यजनक क्यामराहरू र धेरै दिनसम्म चलिरहने ५ हजार एमएएच ब्याट्री जडित छन् भने यी मोडलहरू अद्वितीय डिजाइन एवं विविध रङमा उपलब्ध रहेको सामसङको भनाइ छ।

ग्राहकहरूले नबिल बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत् चुनिएका स्टोरहरू अथवा ब्राण्डका शोरुमहरूबाट यी फोनहरू खरीद गर्दा क्यासब्याक अफरको फाइदा लिन सक्नेछन्।

यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको कम्पनीको भनाइ छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्