Wednesday, October 16Nepal News Portal
Shadow

शेयर बजारमा सामान्य अंकको गिरावट


काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज मंगलबार पनि नेप्से सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ३.०७ अंकले घटेर १ हजार ९ सय ४.९८ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज ८७ करोड चार लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ६२ कम्पनीको शेयरमूल्य बढेको छ भने १३८ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज २ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य १० %ले बढेर प्रतिकित्ता ६६७.७० रुपैयाँ पुगेको छ भने मोलुङ हाइड्रोपावरको शेयरमूल्य पनि ९.९७ %ले बढेर प्रतिकित्ता २०६.३० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५.५ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु बैंक लिमिटेड प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज ५ करोड २६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्