काठमाडौं । नेपाल इन्फ्राइस्ट्रक्चर बैंक (निफ्रा) को नाफा बढेको छ । गत आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमाससम्मको तुलनामा चालु आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमाससम्म नाफा ६७.२७ %ले वृद्धि भएको हो ।
कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीले चैत मसान्तसम्म १ अर्ब १६ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।
त्यस्तै, बैंकको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ । यो बैंकले चैत मसान्तसम्म २ अर्ब ४४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।
गत वर्षको चैत मसान्तसम्म बैंकले १ अर्ब २९ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकले सञ्चालन मुुनाफा बापत एक अर्ब १६ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ ।
हाल कम्पनीको चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ रहेको छ ।