Friday, April 19Nepal News Portal
Shadow

महिन्द्रा एक्सयूभी ३०० को फेसलिफ्ट भर्सन नेपाली बजारमाः यस्ता छन् बिशेषता


काठमाडौ । महिन्द्राको सब फोर मिटर सेग्मेन्टको एक्सयूभी ३०० अब छिट्टै नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि महिन्द्राको आधिकारीक विक्रेता अग्नी इनकर्पोरेट प्रालिले एक्सयूभी ३०० को फेसलिफ्ट भर्सन नेपाली बजारमा विक्री सुरु गरेको हो।

नयाँ एक्स्यूभी ३०० मा धेरै उत्कृष्ट फिचर पाउन सकिन्छ भने यसको मूल्य ४२.९५ देखी सुरु हुने छ । सो एक्सयूभी सन् २०२० देखी नै नेपाली बजारमा बिक्री तथा बितरण हुँदै आएको छ ।

महिन्द्रा एक्स्यूभी ३०० को फेसलिफ्ट भर्सनमा ११९७ सीसी, ३ सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम १३० पीएस पावर र २५० एनएम टर्क प्रदान गर्छ । सो एक्स्यूभीमा म्यानुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प रहेको कम्पनिले जानकारी दिएको छ।

पावरफुल पेट्रोल इन्जिन रहेको एक्सयूभी ३०० जस्तोसुकै बाटोको लागि उपयुक्त छ । यसको स्पीड पनि निकै उत्कृष्ट रहेको छ । यसले ५ सेकेन्डमा ० देखि ६० किमि प्रतिघण्टाको गति भेट्टाउन सक्छ । यसको ४ वटै पाङ्ग्रामा डिस्क ब्रेक पाउन सकिन्छ ।

महिन्द्रा ‘एक्सयूभी–३००’ को लम्बाई ३९९५ एमएम, चौडाई १८२१ एमएम, उचाई १६२७ एमएम, २६०० एमएम ह्वीलवेस र १८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा २५७ लिटर क्षमताको बुट स्पेश र ४२ लिटरको इन्धन ट्याङ्की रहेको छ । सो कारले १८–२० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने क्षमता रहेको कम्पनीको भनाइ छ । यसको वजन भने १३६८ केजी रहेको छ । सो कार ५ सिट क्षमतामा उपलब्ध रहेको छ । यसमा १६ इन्चको अलोय ह्वील रहेको छ ।

महिन्द्रा ‘एक्सयूभी–३००’ मा एलईडी हेडल्याम्प, एलईडी डीआरएल, एलईडी टेल लाइट, ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, नेभिगेशन प्रणाली, रिमोर्ट स्टार्ट÷स्टप, क्लाइमेट कन्ट्रोल, रिमोर्ट विन्डो कन्ट्रोल, मोवाइल एप र स्मार्टवाचवाट भेहिकल कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ । यसैगरी यसमा एन्टि–पिन्च फक्शनको साथ इलेक्ट्रीक सनरुफ, ड्यूल(जोन अटोमेटिक कन्ट्रोल, रेन–सेन्सिङ वाइपर, पुश बटन स्टार्टको साथ किलेस इन्ट्री जस्ता अन्य बिशेषता पाउन सकिन्छ ।

नेपाली बजारमा महिन्द्रा एक्सयूभी ३०० को सुरुवाती मूल्य ४० लाख रुपैयाँ हुने अनुमान गर्न सकिन्छ । एक्सयूभी ३०० सिंगल टोन र ड्यूल टोन कलर अप्सनमा उपलब्ध छ । यसको क्याविन रातो र कालो कलरको मिश्रणबाट तयार गरिएको छ ।

Total Page Visits: 200 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्