Sunday, February 16Nepal News Portal
Shadow

दश करोडसम्मको विदेशी लगानीका उद्योग अनलाइनबाटै दर्ता गर्न सकिने


काठमाडौं । दश करोडसम्मको विदेशी लगानीका उद्योग अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ । उद्योग विभागले कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृति जस्ता सेवाहरू स्वचालित मार्ग (अटोमेटिक रुट) बाट प्रदान गर्न सक्ने व्यवस्था जानकारी दिएको हो ।

चालू आव २०७९/०८० को बजेट वक्तव्यको बुँदा नं. ६६ मा रु. १० करोडसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाइने उल्लेख छ । यसअघि भौतिक फाइलमार्फत मात्र विदेशी लगानी स्वीकृत गर्ने गरिएको थियो ।

आगामी आर्थिक वर्ष २०७९ श्रावण १ गतेदेखि अनलाइन प्रणालीमार्फत विदेशी लगानी स्वीकृत गर्ने कार्य प्रारम्भ गरिएको विभागले जानकारी दिएको छ । बिहीबार (आज) पत्रकार सम्मेलन गर्दै विभागले सम्पूर्ण सेवालाई अटोमेसन गर्नेगरी तयारी गरिरहेको जानकारी दिएको हो ।

विभागले प्रशासनिक सुधार गर्न मानवीय संलग्नता विना स्वचालित प्रणालीबाट विदेशी लगानी स्वीकृत हुने व्यवस्था गर्ने जानकारी दिएको छ । यसका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ संशोधनको गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने तयारी भइरहेको विभागले जानकारी दिएको छ ।

यस्तै विभागले विदेशी लगानीकर्ताले शत प्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्तरुपमा लगानी गर्न चाहेमा स्वीकृतिको जानकारी लगानीकर्ता, नेपाल राष्ट्र बैक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतबाट हुने जानकारी दिएको छ । विभागका अनुसार २ करोडदेखि १० करोडसम्मका परियोजनाका प्रस्तावित उद्योगहरूमा यस प्रणालीमार्फत् विदेशी लगानी गर्न सकिने छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्