Tuesday, February 20Nepal News Portal
Shadow

मोदी इनर्जीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने


काठमाडौं । मोदी इनर्जी लिमिटेडले वैशाख १९ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ बाँडफाँट गरी सर्वसाधारणका लागि निष्कासन गर्न लागेको छ ।

कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ७२ करोड ५० लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ७२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो ।

जसमध्ये २९ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बाँडफाँट गरिसकेको छ । कम्पनीले ४ लाख ३५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा गएका नेपालीलाई बाँडफाँट गरिसकेको छ ।

कम्पनीले ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता साधारण सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेको छ ।

आईपीओमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिसम्म मागअनुसार अवेदन नपरे जेठ २ गतेसम्म आवेदन खुल्ला रहने पनि कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै सीडीएस एन्ड क्लियरिङ लिमिटेडले तयार गरेको मेरो सेयर वेबसाइटबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसात जोखिम रहेको संकेत जनाउँछ ।

कम्पनीले सञ्चालन गरिरहेको २० मेगावाटको तल्लो मोदी खोला जलविद्युत् आयोजनाको निर्माण सम्पन्न हुँदासम्मको कूल लागत ६ अर्ब २० करोड रुपैयाँ रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत ३१ करोड ३ लाख रुपैयाँ रहेको छ ।

Total Page Visits: 110 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्