Thursday, February 29Nepal News Portal
Shadow

विजय लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्री गर्ने


काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको १० हजार ५० कित्ता संस्थापक शेयर बिक्रीको लागि निवेदन दिएकाले कम्पनीले उक्त शेयर विक्री गर्न लागेको हो ।

संस्थाले शेयरधनी हरि प्रसाद सापकोटाको चार हजार पाँच सय ७० कित्ता र लुक बहादुर रानाको पाँच हजार ४ सय ८० कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय गैडाकोट नगरपालिका ५ मा आवेदन दिन सक्नेछन् ।

संस्थाले तोकिएको उक्त समय अवधिभित्र पनि उक्त शेयर खरिदका लागि कुनै आवेदन नपरेमा कम्पनीले अन्य संस्थाका व्यक्तिका लागि शेयर विक्री गर्ने जानकारी दिएको छ ।

Total Page Visits: 97 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्