Thursday, January 23Nepal News Portal
Shadow

नेपालमा उत्पादित सवारी दर्ताका लागि तत्काल कानुनी प्रक्रिया अगाडी बढाउन प्रधानमन्त्रीको निर्देशन


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा उत्पादित सवारी साधन दर्ताका लागि तत्काल कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीले आइतवार (आज) बिहान नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई नेपालमा बनेको सवारी साधन दर्ताबारे कानुन तयार गर्न निर्देशन दिएका छन् ।

नेपालमा बनेको सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएकोले र नागरिकको गुनासो सम्बोधन हुनेगरि दर्ता एव स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नेगरि छिट्टै कानुन बन्ने प्रधानमन्त्रीले बताएका छन् । मुख्यसचिव बैरागीले प्रधानमन्त्रीको निर्देशन लगत्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई नेपालमा उत्पादित सवारी साधनको दर्ता एवं प्रवर्धन सम्बन्धि कानुनको मस्यौदा तयार गरि पेश गर्न निर्देशन दिएको जानकारी दिएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्