Thursday, February 29Nepal News Portal
Shadow

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । सोमबार (आज) सुनको मूल्य घटेको छ । हिजो आइतबार तोलामा १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि प्रतितोला २ सय रुपैयाँले नै घटेर तोलामा १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

Total Page Visits: 108 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्