Friday, October 11Nepal News Portal
Shadow

घोराही सिमेन्ट प्रिमियममा आईपीओ निष्कासन गर्दै


काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले वैशाख १९ गतेदेखि स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि प्रिमियममा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँका दरले आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले ३ लाख ९७ हजार १९० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गर्न लागेको हो । उक्त सेयरमा दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८, १९, दाङ जिल्ला, बंगलाचुली गाउँपालिका वडा नं. ३, ४ र रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नं। ३, ४ का बासिन्दाले आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० %ले हुन आउने ७ करोड ५४ लाख ६६ हजार १०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६६१ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओमा स्थानीय वासिन्दाले न्यूनतम १० कित्तादेखि १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेका नेपालीले भने न्यूनतम १० कित्तादेखि अधिकतम ७ लाख ५४ हजार ६६१ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले छिटोमा जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग अनुसार आवेदन नपरे जेठ १७ गतेसम्म आवेदन खुला रहने बताइएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने जेठ २ गतेभित्र आवेदन दिन सक्नेछन् ।

स्थानीयले भने हिमालयन बैंक, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, कुमारी बैंक, एनएमबि बैंक, सानिमा बैंक, ज्योति विकास बैंकका घोराहीमा रहेका शाखामार्फत आवेदन दिन सक्नेछन् । आवेदकले बिक्री प्रबन्धक र घोराही सिमेन्ट इण्डष्ट्रीको घोराही कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेका छन् ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्म कम्पनी ४ अर्ब ७ करोड ८७ लाख रुपैयाँमा नाफामा रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्