Friday, October 11Nepal News Portal
Shadow

दाङमा घट्यो जडीबुटी निकासी


दाङ । दाङमा यस वर्ष जडीबुटी निकासा घटेको छ । जिल्लामा दुई लाख किलो बराबर जडीबुटी निकासा भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष आधाले निकासा घटेको हो । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीका अनुसार निजी वनबाट सबैभन्दा बढी कालीकाठ ७३ हजार ५३० किलो निकासा भएको छ ।

यसपछि टिमुर ५३ हजार ५८६ किलो निकासा भएको छ । काउलो २१ हजार ८७५ किलो, रिठा १४ हजार २०० किलो, मालागेडी १३ हजार ५०० किलो निकासा भएको छ । तेजपात पाँच हजार ५०० किलो, दालचिनी सात हजार १४५ किलो, मालागेडी पाँच हजार किलो निकास भएको छ । जसमा निजी वनबाट एक लाख ९४ हजार ३३६ किलो र राष्ट्रिय वनबाट २९ हजार ७०० किलो गरी दुई लाख २४ हजार २६ किलो जडीबुटी निकासा भएको छ ।

दाङबाट बितेको एक वर्षमा करिब साढे चार लाख किलो जडीबुटी निकासा भएको थियो । डिभिजन वन कार्यालय घोराहीका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा राष्ट्रिय वन र निजी वन क्षेत्रबाट चार लाख ३८ हजार ९५२ किलो बराबरको विभिन्न प्रकारका जडीबुटी निकासी भएको थियो ।

जिल्लाको करिब ३३ हेक्टर वन क्षेत्रमा विभिन्न प्रजातिका जटीबुटीका बिरुवा रोपिएको छ । रासस

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्