Sunday, February 16Nepal News Portal
Shadow

सभापति देउवा भन्छन्ः निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विधेयक पारित गर्नु हुँदैन


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्र समेत हेर्ने गरी कानुनी व्यवस्था हुन नहुने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलसँग आइतबार भएको भेटमा देउवाले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विधेयक पारित हुन नहुने बताएका छन् । यसो गरिएमा स्वदेशी एवं विदेशी लगानी निरुत्साहित हुने देउवाको भनाइ छ ।

राष्ट्रियसभाबाट प्रतिनिधिसभामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी संशोधन विधेयकमा निजी क्षेत्रलाई समेत समेट्ने व्यवस्था भएकोले उक्त व्यवस्था हटाउन अध्यक्ष ढकालले आग्रह गरेका थिए ।

अर्थतन्त्रमा ८० प्रतिशत भन्दा बढी लगानी र रोजगारी दिइरहेको निजी क्षेत्र उक्त व्यवस्था पारित भएमा हतोत्साही हुने र लगानीको वातावरण बिग्रिनेतर्फ अध्यक्ष ढकालले ध्यानाकर्षण गराएका थिए ।

संविधानको धारा २३९ मा अख्तियारले निजी क्षेत्र हेर्न नमिल्ने व्यवस्था छ । यसबारे महासंघले प्रधानमन्त्री पुष्पकमल दाहा प्रचण्ड र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रक्षा एवं कानुनमन्त्री पूर्णबहादुर खड्काको पनि ध्यानाकर्षण गराएका थिए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्