Wednesday, February 21Nepal News Portal
Shadow

 यो मत मुलुकको मुहार फेर्नका लागि हो: डा. स्वर्णिम वाग्ले


काठमाडौं । तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका डा. स्वर्णिम वाग्लेले आफूले पाएको मत मुलुकको मुहार फेर्नका लागि भएको बताएका छन् । निर्वाचित घोषणा भएपछि मतदातालाई डा. स्वर्णिम वाग्लेले सामाजिक सञ्जालबाट धन्यवाद दिदै उनले आफूलाई आएको मत केका लागि हो भन्नेमा सचेत रहेको उल्लेख गरेका छन् ।

“यहाँहरूले म प्रति प्रकट गर्नु भएको र मतदान गर्नु भएको प्रत्येक मतको मूल्य, महत्व र मैले खेल्नु पर्ने भूमिका प्रति म अति नै सजग रहने छु । र, तपाईँहरूको भरोसालाई म कुनै पनि डगमग हुन दिने छैन भन्ने विश्वास पनि दिलाउन चाहन्छु,” डा. वाग्लेले भनेका छन्, “यी मतहरू तपाईँहरूले मलाईभन्दा पनि तनहुँ क्षेत्र नम्बर १ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि प्रदान गर्नु भएको हो भन्ने आसयका साथ मैले बुझेको छु ।”

Total Page Visits: 113 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्