काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २.२७ अंकले घटेर १,८८९.७३ को विन्दुमा कायम भएको छ । आज ६५ कम्पनीको शेयर मुल्य बढेको छ भने १३९ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २६९ कम्पनीको २१ लाख ७९ हजार ९१४ कित्ता शेयर किनबेच हुँदा ७३ करोड ९६ लाख ५० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एभरेष्ट बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ३ करोड ७६ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
आज नविल बैंकको ३ करोड २७ लाख रुपैयााको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड १ लाख रुपैयााको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिटिजन म्युचुअल फण्ड २ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ५.८५ प्रतिशतका दरले कमाएका छन् । तेह्रथम पावर कम्पनीका लगानकिर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी तारागाउँ रेजेन्सीका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एनआइबिएल ग्रोथ फण्डका इकाईधनीले गुमाएका छन् । आज यस फण्डका इकाइधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।