Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
सानिमा बैंकले १० लाख रुपैयाँ दुर्घटना बीमा रकम गर्‍यो हस्तान्तरण – Udhyognews.com
Wednesday, July 9Nepal News Portal
Shadow

सानिमा बैंकले १० लाख रुपैयाँ दुर्घटना बीमा रकम गर्‍यो हस्तान्तरण


काठमाडौं । सानिमा बैंकले सानिमा दीर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ।

बैंकका खातावाला उदय कुमार साहको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला श्रीमती आशा कुमारीलाई सानिमा दीर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको बैंकले जानकारी दिएको छ।

सानिमा बैंकका मधेश प्रदेश प्रमुख दिपेश सिंह ठकुरीले बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरेका हुन्।

स्वर्गीय उदय कुमार साहले सानिमा बैंकको पटेर्वासुगौली शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोलेका थिए।

सानिमा बैंकले दीर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको ६ जटिल रोगको उपचार बीमा, १० हजार रुपैयाँसम्मको ओपिडी भुक्तानी शुल्क सहितको ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा, २५ हजार रुपैयाँको आवधिक जीवन बीमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ।

बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटिएम सञ्चालनमा रहेका छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्