Thursday, January 23Nepal News Portal
Shadow

हिमालयन बैंकलाई सबैभन्दा बढी विप्रेषण भित्र्याएकोमा राष्ट्र बैंकले गर्‍यो सम्मान


काठमाडौं । वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकोमा हिमालयन बैंकलाई नेपाल राष्ट्र बैंकले सम्मान गरेको छ।

राष्ट्र बैंकको ६८औं वार्षिक उत्सवको अवसरमा आयोजना गरेकोे एक समारोहका बीच हिमालयन बैंक सम्मानित भएको हो।

सो समारोहमा सम्मान स्वरुप नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरेका हुन् ।

बैंकले आर्थिक वर्ष २०७८/७९ मा देशमा भित्रिएको कुल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याउन सफल भएकोमा सो सम्मान हासिल गरेको बताएको छ।

करिब दुई दशकदेखि आफ्नो विप्रेषण सेवा हिमालरेमिटु मार्फत ग्राहकहरूलाई समयानुकुल सेवा–सुविधा प्रदान गरी अग्र स्थानमा रहँदै आएको छ।

बैंकले संसार भरी १२५ भन्दा बढी व्यावसायिक साझेदारको सञ्जालमार्फत प्रिमियम अनलाइन ग्राहक केन्द्रीत प्रविधिमा आधारित आधुनिक प्रणालीबाट आफ्नो विप्रेषण सेवा सञ्चालन गर्दै आएको छ।

बैंकले हिमालरेमिटका १८ हजारभन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत विदेशबाट आप्रवाह भएका विप्रेषणको सरल र सहज रुपमा भुक्तानी गर्दै आएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्