Friday, October 11Nepal News Portal
Shadow

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा


काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल सरकार, नियामक निकाय नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

हाल कम्पनीको चुक्ता पुँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

गत वर्ष भने कम्पनीले ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद दिएको थियो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्