Sunday, July 6Nepal News Portal
Shadow

चितवनमा गाँजासहित दुई जना पक्राउ


काठमाडौं, पुस ११ (ससं)। इलाका प्रहरी कार्यालय भण्डाराले १८ केजी अवैध लागुऔषध गाँजासहित बाबुछोरालाई शुक्रबार पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मकवानपुरको राक्सिराङ गाउँपालिका-७ गर्लिङ घर भएका ३५ वर्षीय रामकृष्ण प्रजा र उनका १२ वर्षीय छोरा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूलाई राप्ती नगरपालिका-४, झरना जाने सडकबाट पक्राउ गरिएको हो।

जाँचका क्रममा उनीहरूको साथमा रहेको कालो झोलामा गाँजा भेटिएको प्रहरीले जनाएको छ।

थप अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय खैरहनी ल्याइएको छ। रासस

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्