Wednesday, September 18Nepal News Portal
Shadow

प्रधानमन्त्री प्रचण्ड भन्छन्ः उत्पादन, रोजगारीलक्षित बजेट ल्याउँछौँ


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउने तयारी भइरहेको बताएका छन् ।

आइतबार (आज) दिउँसो सिंहदरबारमा किसान संगठनका प्रतिनिधिसँगको संयुक्त भेटमा उनले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल हुने बताए । सरकारले सोहीअनुसार तयारी गरिरहेको उनले जानकारी दिएका छन् ।

“कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । यसपटकको नीति, कार्यक्रम र बजेटमा उत्पादन र रोजगारी सिर्जनाका लागि नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “तपाईंहरूले दिनुभएको ध्यानाकर्षणपत्रले पनि सरकारलाई नयाँ ढंगले सोच्न सहयोग पुग्ने ठानेको छु ।”

“कतिपयले यो सरकारका राम्रा काम देखिरहेका छैनन् । तर, चार महिनामा निकै राम्रा काम भएका छन् । लक्ष्यानुसार नभए पनि राजस्व संकलनमा राम्रो सुधार आएको छ । विदेशी मुद्राको सञ्चिति उत्साहवर्द्धक रूपमा बढेको छ । पर्यटक आउने क्रममा सुधार आएको छ,” उनले भने, “अर्थतन्त्रका अधिकांश सूचकमा सकारात्मक सुधार आएको छ । म सम्पूर्ण रूपले अर्थतन्त्रमा सुधार ल्याउन छलफल र अन्तरक्रियामा छु । केही समयमा सकारात्मक नतिजा देखिन्छ ।”

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्