Friday, October 11Nepal News Portal
Shadow

कार्यकाल छोड्दै गर्दा ८ प्रतिशतको आर्थिक वृद्धि पुर्‍याउने लक्ष्य छ: प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले आफू प्रधानमन्त्री कार्यकाल सकेर अर्कोलाई हस्तान्तरण गर्दैगर्दा ८ %सम्मको आर्थिक वृद्धिदर पुर्‍याउने लक्ष्य राखेको बताएका छन्।

नवलपुरमा निर्मित मौलाकाली केबलकार उद्घाटन गर्दै उनले आफ्नो दोस्रो कार्यकाल जस्तो स्थिति अहिले रहेको भन्दै अप्ठ्यारोको बीच उच्चतम आर्थिक वृद्धिको लक्ष्य राखेको बताए।

“कठिन परिस्थितिमा म दोस्रो कार्यकालको अध्यक्ष बनेको थिएँ, भूकम्प, नाकाबन्दीबाट उत्पन्न कठिन परिस्थितिमा झन्डै ७ %को आर्थिक वृद्धि भएको थियो” उनले भने, “अहिले पनि मैले आफ्नो कार्यकाल सकेर अर्को साथीलाई हस्तान्तरण गर्दैगर्दा ८ %सम्म आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छु,”।

सरकारको ध्यान उत्पादन वृद्धि र रोजगारी सृष्टिमा रहेको बताउँदै यी दुवै लक्ष्य हासिल गर्नको लागि निजी क्षेत्रले काम गर्नुपर्ने सरकारले वातावरण बनाउने बताए।

उनले आर्थिक क्षेत्र चलयमान बन्दै गरेको बताए।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्