काठमाडौं, पुस ११ (ससं)। पछिल्लो २४ घण्टामा ८४० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको संख्या २ लाख ४९ हजार १३२ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ६ हजार ७४९ छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ५ हजार ८२६ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ५ हजार ४३४ पीसीआर परीक्षण भएका छन् । क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ ।
कोरोना संक्रमणबाट २४ घण्टामा थप ३ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८१९ जना पुगेको छ ।