Saturday, September 7Nepal News Portal
Shadow

आईएमएफले नेपाललाई सर्त पूरा गरेपछि ७ अर्ब दिने


काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीफएफ)अन्तर्गत करिब ७ अर्ब रुपैयाँ दिने भएको छ ।

वासिङटन डीसीमा बसेको आईएमएफको बोर्ड बैठकबाट ईसीएफको दोस्रो किस्ताअन्तर्गत ५ करोड २८ लाख अमेरिकी डलर (करिब ६ अर्ब ८९ करोड रुपैयाँ) उपलब्ध गराउने निर्णय गरेको हो ।

०७८ सालमा आईएमएफले ईसीएफअन्तर्गत नेपाललाई ३८ करोड ४८ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । नेपालले सर्तअनुसार काम नगरेको भन्दै आईएमएफले दोस्रो किस्ताबापतको रकम निकासा रोकेको थियो ।

आईएमएफको ऋण सहयोग नेपालको आर्थिक विकास र सुधारका लागि प्रयोग हुने जानकारी दिएको छ ।

आईएमएफले नेपालका बैंकहरूको कर्जाको गुणस्तरका बारेमा समेत प्रश्न उठाएको छ । नेपालले चालु आर्थिक वर्षमा ४.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने आईएमएफको प्रक्षेपण छ ।

“बैंकहरूको कर्जाको गुणस्तरको बारेमा सोच्नुपर्ने स्थिति छ,” आईएमफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आईएमएफको सर्तअनुसार नेपालले ठूला १० बैंकका लेखापरीक्षण बाह्य फर्मबाट गराउनुपर्नेछ ।

आईएमएफले दिएको रकम नेपालको अर्थतन्त्र सुधारका लागि प्रयोग हुने र नेपालका सरकारी अधिकारीले यसमा प्रतिबद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्